बाग्लुङ


नेपाल भित्रको सानो नेपाल नामले परिचित बागलुङ जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने प्राकृतिक रुपले चिटिक्क परेको सुन्दर पहाडी जिल्ला हो । पूर्वमा पर्वत, पश्चिममा रुकुम, रोल्पा र प्युठान, उत्तरमा म्याग्दी तथा दक्षिणमा गुल्मी र म्याग्दीसँग सिमा जोडिएको यस जिल्लाको क्षेत्रफल १ हजार ७ सय ८४ वर्ग किमि छ । ३ संसदिय राजनीतिक क्षेत्र, १३ इलाका र ५९ गाविस रहेको बागलुङको एक मात्र नगरपालिका बागलुङ नगरपालिका हो । बागलुङ बजार जिल्लाको मात्र सदरमुकाम नभएर धौलागिरी अञ्चलकै सदरमुकामका रुपमा स्थापित छ । बाहुन र क्षेत्री जातीको बाहुल्यता रहेको यस जिल्लामा मगर, कामी, सार्की, दमाई, नेवार, गुरुङ्ग र थकाली लगायतका जातीको बसोबास छ । 
झोलुङ्गे पुलको जिल्लाका रुपमा पनि जिल्लाले अर्को चिनारी बनाएको छ । अधिकाशं पहाडी भुभागमा पर्ने यो क्षेत्रको नामाकरणको पनि रोचक प्रसंङ्ग छ । एक कहावत कुनै समय यस क्षेत्रमा बाघको संख्या बढी भएको र बाघहरु हिड्दा पनि ताँती लागेर हिड्ने भएकाले जनजीवन भयभित भएको थियो । भयावहबाट मुक्ति पाउन स्थानिय मगराती जातीमा ब्याक्तिहरुको सक्रियतामा बाघ छेद्ने, काटने वा मास्ने काम गरेकाले यसै प्रसंगमा ठाउँको नाम 'बाघलुञ' वा 'ब्याघलु' हुदै पछी अपभ्रम्श भएर बागलु्रङ रहन गएको भनाई रहदै आएको छ । यसै प्रसंगमा ठाउँको नाम 'बाघलुञ' वा 'ब्याघलु' हुदै पछी अपभ्रम्श भएर बागलु्रङ रहन गएको भनाई रहदै आएको छ । 

जनसख्याः

जिल्लाको कुल जनसख्याः २६८९३७
महिलाः १४५४०९epep
पुरुषः १२३५२८
लैंगिक अनुपातः - ८५ ( प्रति सय महिलामा पुरुष)
परिवार संख्याः ५३५६५
औसत परिवार सख्याः ५.०२ जना
वाषिर्क जनसंख्या वृद्धी दरः १.४६ प्रतिशत
जनसख्या दोव्वर हुन लाग्ने अवधिः ३१ वर्ष
जनघनत्वः १५१ जना/वर्ग कि.मी
शहरी जनसंख्या प्रतिशतः ७.७५ प्रतिशत
ग्रामिण जनसंख्याः ९२.२५ प्रतिशत 

जातिगत वनौटः

ब्राम्हणः २२.४१ क्षेत्रीः १९.६१
मगरः २७.४६ कामी: १२.९४
सार्कीः ४.३६ दमाईः ३.९८
नेवारः १.२० गुरुङः ०.७२
थकालीः ०.३३ अन्यः ६.९९

पेशागत वनौटः

· कृषिः ७४.३५
· उद्योगः ५.६६
· ब्यापारः ७.५२
· निर्माणः २.७२
· विधुतः ०.४९
· यातायातः ०.९८
· शिक्षाः २.८९
· सार्वजनिक प्रशासन सामाजिक सुरक्षाः २.७८
· अन्यः २.६१

प्रमुख भाषाहरुः 

नेपाली, मगर, नेवारी, तामाङ आदी
प्रमुख धर्महरुः
हिन्दुः ८३.६१
वौद्धः १५.२८
किरातः ०.०१
किस्चियनः ०.०९
सिखः ०.०४
इस्लामः ०.१६
अन्यः ०.८१

हावापानी

बागलुङ जिल्लाको हावापानी निम्न प्रकारको रहेको छ ।
क) उपोष्ण
ख) समशितोष्ण
ग) ठण्डा शितोष्ण
घ) लेकाली
ङ) हिमाली
वाषिर्क सरदर वर्षाः २२०० मि.लि.
न्यूनतम वर्षाः १०.९ मि.लि.
अधिकतम तापक्रमः ३७.५ डिग्री सेल्सियस
न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस

चर्चित स्थानहरु

मनै लठि्ठने प्राकृतिक सुन्दरता त छदै छ, साँस्कृतिक रुपमा पनि बागलुङ जिल्ला उत्तिकै धनी छ । सदरमुकाम बागलुङ बजारमै रहेको कालीका भगवती मन्दिर हिन्दु संस्कार अनुसार महत्वपूर्ण धार्मिक स्थल हो । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष यसै जिल्लामा पर्छ । गाजा दह, संसारकोट, भकुण्डे धुरी, हाडीकोट धुरी, पञ्जाकोट धुरी, चमेरे गुफा, रामकोट, घुम्टेको लेक लगायतका स्थान पर्यटकका लागि आर्कषण केन्द्र बनेका छन् । प्रचार प्रसार र ब्यबस्थापनमा जोड दिन सके यि क्षेत्रमा ब्यबसायिक पर्यटनको विकास हुन सक्ने संभावना प्रशस्त छन् ।

धार्मिक स्थलहरुः

· प्रसिद्ध कालीका भगवति मन्दिर, बागलुङ बजार
· भैरवस्थान मन्दिर, अमलाचौर
· जैमिनेश्वर मन्दिर, कुश्मीशेरा
· ढोरपाटनताल बराह मन्दिर, बोवाङ
· रामकोट मन्दिर, विहु
· थन्थापी माई भगवति मन्दिर, सर्कुवा र जैदी गा.वि.स.को माथिल्लो टापु
· देविस्थान मन्दिर, देविस्थान
· शिवालय मन्दिर, तित्याङ
· सत्यवति मन्दिर, बाटाकाचौर
· ज्ञानोदय वुद्ध विहार, वागलुङ नगरपालिका
· नृसिंह भगवती मन्दिर , राजकुत
· जङ्गेस्वर महादेव, निरहेघाट, वानपा
· गणेश मन्दिर, वानपा
· सिद्धेश्वर मन्दिर, घुम्टेको धुरी

प्रमुख पर्यटकीय स्थलहरु

· कालीका भगवति मन्दिर- बानपा
ख ढोरपाटन - ३६ कोष उत्तर पश्चिम - वोवाङ गाविस
ख गाजा दह - धुरी ) - ७ कोष पश्चिम) - दमेक गाविस
ख संसारकोट - ४ कोष उत्तर पश्चिम - बानपा
ख भकुण्डे धुरी - २ कोष पश्चिम - भकुण्डे गाविस
ख हाडिकोट धुरी - १३ कोष पश्चिम - जैदी गाविस
ख पाञ्जाकोट धुरी - ५ कोष पश्चिम - पैंयुपाटा गाविस
ख चमेरे गुफा - १६ कोष पश्चिम - ग्वालिचौर गाविस
ख रामकोट - ६ कोष पश्चिम- विहाु गाविस
ख घुम्टेको लेक - १० कोष पश्चिम - -हरिचौर, पाण्डवखानी र हिल विच )
ख शिवधुरी - २८ कोष पश्चिम - रणसिङकिटेनी गाविस र पाण्डवखानी
ख लोङाको धुरी - २८ कोष पश्चिम - रणसिङकिटेनी, पाण्डवखानी, मल्म र शिसाखानी गाविस
ख भैरवस्थान - ५ कोष दक्षिण - अमलाचौर गाविस
ख घोडा बाधे - ६ कोष पश्चिम - विहा गाविस
ख फागुनेको धुरी - ३६ कोष पश्चिम - वोवाङ गाविस
ख थाप्लेको धुरी - ५ कोष पश्चिम, भिमपोखरा गाविस
ख जैमिनेश्वर क्षेत्र - ९ कोष दक्षिण, कुश्मि, विनामारे गाविस

जिल्लाको प्रसिद्ध वस्तुहरु एवं प्राप्त हुने स्थानहरु

क) नेपाली हाते कागज -लोक्ता वाट निर्मित)ः ताराखोला, तमान, वुंगादेभान
ख) बुट्टेनलीः सदरमुकाम, जलजला, अमरभुमी
ग) राडीपाखीः पाण्डवखानी, वुंगादोभान, निसी र रणसिंहकिटेनी
घ) स्लेट ढुङ्गाः तारा, अर्गल, अमरभुमी, नरेठाटी, हरिचौर, जैदी -व्याडथला )रेश, नीसि, मल्म समेत
ङ) कार्भिङ ढुङ्गाः कुश्मीशेरा, अमलाचौर लगायत गाविसका स्थानहरु

व्यापारीक महत्वका ठाउहरु

· वागलुङ वजार, वानपा
· खर्वाङ वजार, दगातुन्डाडा गाविस
· शेरा वजार कुश्मीशेरा गाविस
· खार वजार, ग्वालीचौर गाविस
· भिमगिंठे वजार भिमगिठे गाविस
· वुर्तिबाङ वजार , वुर्तिवाङ गाविस
· हटिया वजार, हटिया गाविस
· हरिचौर वजार, हरिचौर गाविस
· रिजाल चोक, विहा गाविस
· वरेङ वजार, हुग्दीशिर र धुल्लुवास्कोट गाविस
· खाल वजार, भिमगिठे गाविस
· हटिया वजार, विहु गाविस

प्राकृतिक स्रोत

जिल्लाको सबैभन्दा उचाइमा र सबैभन्दा कम उचाइमा रहेको स्थानः
सबैभन्दा कम उचाइमा रहेको स्थानः खर्वाङ (समुद्री सतह देखि ६०० मी.) - दगातुन्डांडा गाविस
सबैभन्दा बढी उचाइमा रहेको स्थानः ढोरपाटन (समुद्री सतह देखि ४६९० मी.) - बोबाङ गाविस फागुणे धुरी
जिल्लामा पाईने प्रमुख जडिबुटीः
आकासवेली, चिराइतो,जटामसी, यार्चागुम्बा, तालिसपत्र, सतुवा, अमला, विषम, पदमचाल, चुल्ठे, गोकुलधुप, काकुली जरा, मजिठो, झ्याऊ लगायत वहत्तर प्रजाती पहिचान भएका छन् ।
सम्भावित मुख्य खनिज पदार्थः
तामा, फलाम, सिसा, सुन र अभ्रक

स्वास्थ्य स्थिती

स्वास्थ्य सेवाः
जिल्ला अस्पतालः १ (बागलुङ वजार)
प्राथमिक स्वास्थ्य केन्द्रः ३ (कुश्मीशेरा, हरिचौर र वुर्तिवाङ)
स्वास्थ्य चौकीः ९
उपस्वास्थ्य चौकीः ४९

आर्युवेदीक औषधालय

अञ्चल स्तरीयः १ (बागलुङ वजार)
गाविस स्तरः ४ (दमेक, पैयुपाटा, विहु र जैदी वेलवगर )
जिल्लामा देखा परेका प्रमुख रोगहरुः
निमोनिया, झाडा पखला,क्षयरोग, कुष्ठरोग, औलो

कृषि

कृषि सेवा: 
१ जिल्ला कृषि विकास कार्यालय, वानपा २ आवारेड 
२ कृषि सेवा केन्द्र, विहा, हरिचौर, खर्वाङ,वुर्तिवाङ, कुस्मीशेरा, हुग्दीशिर 
३ कृषि उ.सेवा केन्द्र ( सम्पर्क कार्यालय ), नारायण स्थान , वेलवगर र वानपा 

मुख्य कृषि उत्पादनः 

खाद्यान्न तर्फः धान, गहु, कोदा, फापर, जौ, मकै र आलु 
फलफूल तर्फः सुन्तला, केरा, अम्वा, स्याउ आदी 
तरकारी तर्फः रायो, वन्दा, गोपी, सिमी, भटमास, केराऊ, वोडी आदी ।

शैक्षिक स्थिती

जिल्लाको साक्षरता प्रतिशतः ५९.८२
महिला साक्षरता प्रतिशतः ४८.३६
पुरुष साक्षरता प्रतिशतः ७१.२८
बढी साक्षरता प्रतिशत भएको गाविसः सिगाना (७३.४२)
कम साक्षरता प्रतिशत भएको गाविसः राजकुत (२१.५३)

विद्यार्थी भर्ना दर (खुद) %

८७ (प्रावि स्तर मात्र )
३१. विद्यार्थी विद्यालय छोड्ने दरः
· कक्षा १ मा - १५ जना
· कक्षा ५ मा - ८ जना

शिक्षण संस्थाको विवरणः

क्र स स्तर संख्या जम्मा
संस्थागत सामुदायिक
१ प्रा.वि ३ ३६४ ३६७
२ नि.मा.वि २ ४७ ४९
३ मा.वि ७ ५७ ६४
४ उ.मा.वि २ १७ १९
५ क्याम्पस ३ १ ४
६ प्राविधिक शिक्षालय १ १
७ बाल विकास केन्द्र १८५ १८५

सबैभन्दा कम सामुदायिक विद्यालय भएको गाविसः 

सुखौरा र शिशाखानी (३/३ वटा)
सबैभन्दा बढी सामुदायिक विद्यालय भएको गाविसः 
दमेक -१६ वटा)
तहगत रुपमा शिक्षक संख्या विवरण
(सामुदायिक विद्यालय, संस्थागत विद्यालय र अनुमति प्राप्त विद्यालयमा कार्यरत शिक्षकहरु)
क्र. सं. तह शिक्षक संख्या जम्मा
महिला पुरुष 
१ प्रा.वि ७२२ ९७१ १६९३
२ नि.मा.वि ४८ ३२७ ३७५
३ मा.वि ७३ २३० ३०३
कूल जम्मा ८४३ १५२८ २३७१

तहगत रुपमा विद्यार्थी संख्या विवरण

क्र. सं. तह संख्या जम्मा
छात्र छात्रा 
१ प्रा.वि २९९४६ २८९४१ ५८८८५
२ नि.मा.वि १०२५१ ९६६४ १९९१५
३ मा.वि ५४२९ ४२३१ ९६६०
कूल जम्मा ४५६२६ ४२८३६ ८८४६०

जिल्लामा रहेका संस्कृत पाठशाला

वानपा कुडुले -१
वानपा निरहे - १
विहु - १
दमेक - १
पैयुपाटा - १

सञ्चार

हुलाक विवरणः
जम्मा हुलाकः ६२
जिल्ला हुलाकः १
इलाका हुलाकः १३
अतिरिक्त हुलाः ४८

छापाखाना सम्बन्धि विवरण

क्र स प्रेसको किसिम स्थान फोन नं.
१ धौलागिरी अपसेट प्रेस, बागलुङ वानपा २ ०६८-५०९२५
२ जनसेवा अपसेट प्रेस, बागलुङ वानपा २ ०६८-५२०२०१
३ सुनगाभा अपसेट प्रेस, बागलुङ वानपा २ ०६८-५२१०२४
४ राजभण्डारी छापाखाना, बागलुङ वानपा २ ०६८- ५२०१७०
५. सापकोटा अपसेट प्रेस, बागलुङ वानपा २ ०६८- ५२१०२६

जिल्लामा सञ्चालित एफ.एम. सेवाहरु

धौलागिरी एफ.एम, बागलुङ
बागलुङ सामुदायिक एफ.एम बागलुङ

जिल्लामा रहेका कुरीयर सेवा:

क्र स कुरीयरको नाम फोन न
१ नेपाल एक्प्रेस सर्भिस ०६८-५२०५५४
२ लेजेन्ट अन्तराष्ट्रिय कुरीयर ९८४७६२१९३९
३ साझा कुरियर ०६८-५२०६३७
४ सुपर काइनेटिक ०६८- ५२१८३१

वर्तमानमा जिल्लामा प्रकाशनमा रहेका मुख्य पत्रपत्रिकाहरुः

क्र स पत्रिकाको नाम किसिम सम्पादक फोन नः
१ ढोरपाटन दैनीक दैनीक हरिनारायण गौतम ९८५७६२०२०४
२ धौलागिरी स्टार साप्ताहिक हरिनारायण गौतम ९८५७६२०२०४
३ धौलागिरी जागरण अर्धसाप्ताहिक राम वहादुर जि.सि. ९८५७६२०२१४

टेलिफोन विवरण 

टेलिफोन सेवा - नेपाल टेलिकम
सेवाको प्रकार संख्या स्थान 
PSTN लाइन २७०० वागलुङ एक्चेन्ज
नमस्ते Postpaid २९०० 
नमस्ते Prepaid ६३००० अंचलभरी 
SKY RIUM Postpaid २०० धौलागिरी अंचलभरी
SKY RIUM Prepaid ९००० धौलागिरी अंचलभरी

वितरित टेलिफोन(सि.फोन) ९०० 

टेलिफोन पुगेको नपा/गाविस ६० जिल्ला भरी 

CDMA ८३५ धम्जा, तग्राम, भिमापोखरा, मालिका, पाला, विहु, लेखानी, रेश, सिगाना, तित्याङ, भकुण्डे, पैयुपाटा, नारायणस्थान, अमलाचौर, कुश्मीशेरा, रायडाडा, दमेक, पैयुथन्थाप, सर्कुवा, विनामारे, अर्जेवा, जैदी, छिस्ती, राङखानी, हुग्दीशिर, धुल्लुवास्कोट । 


भि.स्याट ३५ भिमगिठे, हटिया, अधिकारीचौर, निसी, वोहरागाऊ, राजकुत, ग्वालीचौर, देविस्थान, दर्लिङ, वुर्तिवाङ, तमान, वोवाङ, काडेवास्, रणसिहंकिटेनी, खुङगा, पाण्डवखानी । 


इन्टरनेट सेवा प्रदायक संख्या ३ NTC, WLINK, UTL

इन्टरनेट सेवा लिने संख्या ५० नेपाल टेलिकम

विकास

मानव विकास सुचाङ्कमा वागलुङ जिल्ला 
· मानव विकास सुचाङ्क क्रमः १९औ
· मानव विकास सुचाङ्कः ०.४९२
· मानव गरिवी सुचाङ्कः ३५.७ 
· लैङ्गीक विकास सुचाङ्कः ०.४८१
· औसत आयुः ६३.५४

मोटर बाटो पुगेको नपा/गाविसहरुः 

वानपा, पाला, भिमपोखरा, धम्जा, विहू, लेखानी, रेश, सिगाना, तित्याङ, भकुण्डे, रायडाडाा, मालिका, पैयुपाटा, नारायणस्थान, अमलाचौर, कुश्मीशेरा,नरेठाटी, दुदिलाभाटी, अमरभुमी, अर्गल, ताराखोला, हरिचौर, हटिया, काडेवास, मल्म, पाण्डवखानी, रिघा, दगातुन्डााडा, ग्वालीचौर, भिङगिठे, वुर्तिवाङ, हुग्दीशीर, धुल्लुवास्कोट र वाटाकाचौर 
मोटर बाटो नपुगेको गाविसः 
तङग्राम, विनामारे, अर्जेवा, जैदी, छिस्ती, राङखानी, अधिकारीचौर, दर्लिङ, राजकूत, देविस्थान, वोहरागाऊ, दमेक, पैयुथन्थाप,सर्कुवा, सल्यान,सुखौरा, रणसिङकिटेनी, जलजला, निशी, वोवाङ, खुङगां, खुंखानी, तमान, हिल, शिसाखानी, वोङगादोभान 

सडक (आ.व. ०६३/६४ सम्मको )

१ सडक यातायातको पहुच पुगेका गा.वि.स./न.पा. को संख्या: १ न.पा. र ३३ गा.वि.स. 
२ सडक यातायातको पहुंच नपुगेका गाविसहरुको संख्या: २६ 
२ सडक कुल लम्बाई: कि.मि. ४३८+५६० 
कालोपात्रे: कि.मि. १४+४१० 
ग्राभेल: कि.मि. ७+००० 
धुले: कि.मि. ४१७+१५० 

विद्युतः 

विद्युत पुगेका गाविसहरु विद्युतको प्रकार लाभान्वित घरधुरी 
सम्पुर्ण वस्तीहरुमा विद्युत पुगेका गाविस आशिंक रुपमा वस्तीहरुमा विद्युत पुगेका गाविसहरु केन्द्रीय प्रसारण लाइन लघु जलविद्युत सोलार 
१ १ न.पा. १६ गाविस घ ठ ठ १०,१८६ 
ठ २७ गाविस ठ घ १५,००० 

उद्योगः

दर्ता कायम भएको संख्याः ३६० (वाणिज्यतर्फ ८४)
(जसमध्ये मुख्य रुपमा राईस मिल, फर्निचर, सिलाई प्रशिक्षण केन्द्र, छापाखाना, ब्लक उद्योग, होजियारी, चाउचाउ, अगरबत्ति, गि्रल वर्कसप, तामा भाडा आदि)
थप सम्भावित क्षेत्रः लोक्ता (कागज), फलफूल, लघु उद्यम (बास, निगालो र राडीपाखी), माहुरी, तरकारी, पर्यटन, जडिबुटी समेत

खानेपानीः

जिल्लामा खानेपानी सेवा प्राप्त गर्ने कुल जनसख्याः२०३९५५
सरकारी स्तरवाटः १२७६१६ जना 
गैरसरकारी स्तरवाटः७६३३९जना 
खानेपानीवाट लाभान्वित जनसंख्या प्रतिशतः ७१.१८

वैकिङ तथा वित्तीय सुविधाः

नेपाल बैंक लिमिटेड शाखाः १ -बागलुङ बजार)
राष्ट्रिय बाणिज्य बैंक शाखाः १ -बागलुङ बजार)
कृषि विकास बैंक
शाखाः १ -बागलुङ बजार)
उपशाखाः १ (हटिया बजार)
पश्चिमाञ्चल ग्रामीण विकास बैंक शाखाः १ (बागलुङ बजार)

सहकारी संस्थाहरु सम्बन्धी विवरणः 

क्र.स सहकारी संस्था (प्रकार ) संख्या 
१ उपभोक्ता सहकारी संख्या ४ 
२ दुग्ध उत्पादक सहकारी संख्या १६ 
३ साना किसान सहकारी संख्या ४ 
४ बहुमुखी सहकारी संस्था २६ 
५ वचत तथा ऋण सहकारी संस्या ५६ 
६ सहकारी संघ ४ 
७ तरकारी सहकारी संख्या ७ 
८ विद्युत सहकारी संस्या २ 
९ प्रकाशन सहकारी १ 
१० संचार सहकारी १ 

Bglung District, a part of Dhawalagiri Zone, is one of the seventy-five districts of Nepal, a landlocked country of South Asia. The district, with Baglung as its district headquarters, covers an area of 1,784 km² and has a population (2001) of 268,938.

Baglung is surrounded by Parvat, Myagdi, Rukum, Ropla, Pyuthan and Gulmi districts. It looks like Nepal in shape. It has 59 Village Development Committees and one Municipality. It has many rivers and streams and so, many suspension bridges. Baglung is also known as the district of suspension bridges because of the large number of bridges. It is a hilly district, most of the population settled in the sides of the rivers. Fertile planes situated in the either sides of the rivers are used for farming. Headquarter of Baglung (Baglung Bazaar) is also situated in the bank of the holy river- Kaligandaki. Like Nepal, Baglung is also diverse in religion, culture, ethnicity, altitude, temperature etc. Hinduism and Buddhism are the major religions. Magar, Chhetri, Bramhan, Newar, Gurung, Chhantyal and Thakali are the main ethnic groups living in Baglung. Highest temperature in the lowest altutude of baglung rises up to about 37.5 degrees Celsius in summer and the lowest temperature at Dhorpatan falls up to about −15 degrees Celsius in winter. Altitude of Baglung varies from about 650 meters at Kharbang to about 4,300 meters in Dhorpatan.
Baglung is rich in herbal medicine plants. Rice, corn, millet, wheat and potato are the major crops of baglung.There were many mines in use in Baglung in the past; Iron and Copper mines being the most prevalent. But they are not in use for long time because of the heedlessness of the government. There are numerous slate mines in use in Baglung. These slates are excellent for roofing.
Baglung Bazaar, Hatiya- Galkot, Kushmi Sera and Burtibang are the main trading centers of Baglung. Galkot, Kushmi Sera and Burtibang are connected with the district headquarter Baglung Bazaar by raw roads. Small part of Baglung is electrified by Nepal Electricity Authority and some other parts are electrified by small local hydroplants. Recently, telephone has been accessible in almost all villages of Baglung.

Mero Introduction

Himal Thapa FROM JALJAL TALKOT BAGLUNG