समाचार

मुस्ताङमा जहाज दुर्घटना
गम्भिर घाईते पाईलट सहित सात जनालाई काठमाण्डौ लगिँदै
may-16
पोखराबाट जोेमसोमकोलागि उडेको नेपाल एयरलाईन्सको नाईन एन एविओ
ट्विनेटर जहाज आज विहान मुस्ताङमा दुर्घटनाग्रस्त भएको छ । जोससोम
बिमानस्थलमा ल्याण्ड गर्ने क्रममा हवाई मार्ग तल रहेको कालीगण्डकी नदीमा
खसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीराज शर्माले बताए ।
दुर्घटनामा पाईलत सहित सात जना गम्भिर घाईते भएका छन् । गम्भिर घाईते
भएका चालक दलका क्याप्टेन दिपेन्द्र प्रधान, कोपाईलट सुरेस के.सी,
एयरहोसटेज शंन्तमाया तामाङ, जापानी नागरिक खाओदेश साचियो, फिरता
एचआवा, नेपाली गोविन्द पहाडीको अवस्था गम्भिर रहेको मुस्ताङका प्रहरी नायब
उपरिक्षक बसन्त रन्जितकारले बताए । गम्भिर सात घाईतेलाई तारा एयरको
विमानबाट काठमााण्डौ पठाउने तयारी भएको डिएसपी रन्जितकारले बताए । ‘
उनीहरुको अवस्था होसमा छैन,’ रन्जितकारले बताए । जहाजमा नौ जापानी पर्यटक,
चालक दल सहित २१ जना सवार थिए ।
जहाज धावनमार्गबाट २० मिटर नजिकैबाट तल खसेको डिएसपीले बताए । ल्याण्ड गर्ने
क्रममा गति कम भईसकेकोले दुर्घटनामा ठूलो मानवीय क्षती हुन पाएको छैन ।
दुर्घटनामा जहाजका पखेटा भाँचिएको प्रहरीले जनाएको छ । जहाजको अघिल्लो
भाग क्षती पुगेको छ । जहाजको बायाँ पखेटा खोलामा छ ।

भेरी नदीको मुहान ढोरपाटनमा जलाशय निर्माणको रुकुमेलीहरुको आपत्ति !,
बागलुङ, २०७० जेठ । भेरीको मुहान बागलुङ जिल्लाको ढोरपाटनबाट बग्ने सानो भेरीमा सरकारले जलाशययुक्त आयोजना अघि वढाउन गरेको निर्णय प्रति रुकुमेलीहरुले आपत्ति जनाएका छन् ।

उत्तरगंगा नदीलाई डाइभर्ट गरी ३ सय मेगावाट क्षमताको आयोजना अघि वढाउदा वागलुङ रुकुम, जाजरकोट, सल्यान, सुर्खेत, वाँके र वर्दियालाई समेत प्रत्यक्ष असर पुग्ने तथा आयोजना अघि वढाएमा सानो भेरी र भेरी नदी सुख्खा खोलामा परिणत हुने भएपछि उनिहरुले आपत्ति जनाएका हुन् ।

गएको बैशाख १६ गते सरकारका मुख्य सचिव लिलामणी पौडेलको अध्यक्षतामा उर्जा मन्त्रालयका उच्च अधिकारीहरुको वैठकले वागलुङ जिल्लामा पर्ने उक्त आयोजनाका लागी तत्काल संभाव्यता अध्ययन शुरु गर्ने निर्णय गरेको थियो । उत्तरगंगा नदीलाई डाइभर्ट गरी योजना संचालन गर्दा रुकुमको तकसेरामा निर्माण प्रकृया अन्तिम चरणमा रहेको ३ सय किलोवाट क्षमताको लघु जलविद्युत आयोजना पनि वन्द हुने स्थानीयले बताएका छन् । नदी सुकेपछि प्राकृतिक सौन्दर्यता हराउने, जैविक पारिस्थितिक प्रणालीमा असर र कृषि सिञ्चाईमा प्रत्यक्ष असर पुग्ने भएकाले नदीलाई डाइभर्ट नगरेरै योजना संचालन गर्न रुकुमेलीहरुले सरकारसंग माग गरेका छन् ।

वागलुङको वोवाङ गाविसको भुजी भन्ने स्थानमा ड्याम वाँधेर गर्न लागिएको आयोजनाप्रति ढोरपाटन नजिकका वस्तीहरुका स्थानीयले पनि विरोध जनाएको वताइएको छ । नदीलाई डाइभर्ट गर्दा ढोरपाटनका वस्तीहरु डुवानमा पर्ने जोखिम भएकाले वस्ती विस्थापित हुने गरी योजना अघि नबढाउन उनीहरुको आग्रह छ । यद्यपी सरकारले केही समयभित्र आयोजनाको लागी अध्ययन थाल्ने निर्णय गरेको छ । यस अघि नै उक्त आयोजना निर्माण गर्ने तयारी गरेपनि वन मन्त्रालयले सहमति नदिएका कारण काम अघि बढ्न सकेको थिएन । वन मन्त्रालयले उत्तरगंगालाई डाइभर्ट गर्दा नेपालको एकमात्र ढोरपाटन शिकार आरक्ष संकटमा पर्ने भन्दै उक्त आयोजनामा सहमति दिएको छैन । यसपटक भने वन सचिव कृष्णचन्द्र पौडेलले सहमति दिने आश्वासन दिएपछि सरकारले उक्त आयोजनाको अध्ययन अघि वढाउने निर्णय गरेको थियो ।

उत्तरगंगा नदी डाइभर्ट गरी यस आयोजनालाई अगाडी वढाइएमा ढोरपाटन शिकार आरक्ष समेत खतरामा पर्ने भन्दै ढोरपाटन शिकार आरक्ष कार्यालयले पनि असहमति जनाएको छ । ढोरपाटन शिकार आरक्ष भित्र वग्ने नदी, खोला वा पानीका कुनैपनि श्रोत थुन्न, फर्काउन वा त्यसमा कुनै हानिकारक वा विस्फोटक पदार्थ प्रयोग गर्न निषेध गरिएको छ । ढोरपाटन शिकार आरक्ष रुकुम, म्याग्दी र वागलुङमा रहेपनि सवैभन्दा वढी भाग अर्थात ६० प्रतिशत भाग रुकुम जिल्लामा पर्ने भएकाले रुकुमेलीहरुले वढी चासोका साथ यो कुरालाई उठाएका छन् ।

उत्तरगंगा उच्चमाविको विद्यालय व्यवस्थापन समिति गठन अन्यौलमा !
शान्ति छन्त्याल, बुर्तिवाङ २०७० जेठ । बागलुङको बुर्तिबाङस्थित उत्तरगंगा उच्चमाविको विद्यालय व्यवस्थापन समिति गठन पक्रियाका लागि बसेको बैठक विना सहमति टुङ्गिएको छ ।

विद्यालय निरीक्षक धनप्रसाद पोख्रेल संयोजकत्वको विद्यालय व्यवस्थापन समिति गठन सहयोग समितिको पहलमा आज बसेको बैठकमा विभिन्न राजनीतिक दलहरुबिच कुरा नमिल्दा विद्यालय व्यवस्थापन समिति गठन कार्य अन्यौलमा परेको छ ।

यस विषयमा जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले व्यवस्थापन समिति गठनको सम्पूर्ण अधिकार स्थानीय जनतालाई भएकोले जसरी पनि सहमतिमा जानुपर्ने बताए ।

यसैवीच लघु उद्यमीहरुको अन्तरक्रियात्मक गोष्ठी खर्बाङमा सम्पन्न भएको छ । चार तारे युवा क्लब शाखा कार्यालय खर्बाङ र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको आयोजनामा भएको गोष्ठीको बरिष्ठ अधिबक्ता पद्मनाथ शर्माले उद्घाटन गरेका थिए ।
कार्यक्रममा लघुउद्यमी खेम सिंजाली, चुराबहादुर अधिकारी, कृष्ण बलामी, किसान विकलगायतले पनि बोलेका थिए ।

कार्यक्रममा सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले उपलब्ध गराउने सेवा सुविधाको बारेमा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्माले सहजिकरण गर्नुभएको गरेका थिए । अन्तरक्रिया गोष्ठी पश्चात १० जनाले सिवाईसी सहकारीको सेयर लिएका थिए भने २ सय जना नयाँ सेयर बनाई खर्बाङमा सेवा केन्द्र राख्ने कुरामा समेत सहमति भएको जनाईएको छ । १ सय १५ जना उद्यमीहरुको सहभागिता रहेको गोष्ठी सिवाईसी नेपालका सहसचिव गण्डकी थापा अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता गाविस सचिव उदयानन्द पोखरेलले गरेका थिए ।

Name: Hira Lal Thapa
Permanent address: Jaljala-1,talkot baglung
Temporary Address: Chabahil-6,kathmandu
Email:-contactmedetail@gmail.com,himalthapa22@live.com
info@newwebzone.com
Website : www.newwebzone.com ,www.baglungmy.co.cc
Contact No 9849760445,9774461080

Mero Introduction

Himal Thapa FROM JALJAL TALKOT BAGLUNG